News Griha :: न्यूजगृह
बडादसैँको दोस्रो दिन: ब्रह्माचारिणी देवीको आराधना गरिँदै

काठमाडौं— नवरात्रको दोस्रो दिन आज नवदुर्गा मध्येकी ब्रह्माचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एकएक स्वरूपको आराधना परम्परा छ।

तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्माचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। 

कमलको आसनमा बसेकी ब्रह्माचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ। यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

नवरात्रका अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दसैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०७:४५
Weather Update