News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले दिए भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मूले टेलिफोन गरी बधाई दिएकी छिन् । शुक्रबार भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गर्दै पौडेललाई बधाई दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पौडेलका प्रमुख स्वकीय सचिव सुरेशचन्द्र चालिसेका अनुसार संवादको क्रममा राष्ट्रपति पौडेलले मुर्मूलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । पौडेलले पशुपतिनाथ दर्शनका लागि मुर्मूलाई निमन्त्रणा दिएको चालिसेको भनाइ छ ।

संवादका क्रममा राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरेकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २०:५८
Weather Update