News Griha :: न्यूजगृह
रिहा भएपछि दुर्गा प्रसाईंले के भने? 

काठमाडौं— दुईवटा मुद्दामा आफ्नै घरबाट पक्राउ परेका विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं जिल्ला अदालतले आमाको भूमिका खेलेको टिप्पणी गरेका छन्।

विकृति, विसङ्गति र नालायक जन्मिएपछि अदालतले आमाको भूमिका गर्नुपर्ने आफूलाई लागेको भन्दै जिल्ला अदालतले सो भूमिका निर्वाह गरेको उनले बताए।

‘न्याय मरेको छैन। विकृति, विसङ्गति र नालायक जति जन्मिन्छन्, त्यतिबेला आमाको भूमिका अदालतले आमाको भूमिका गर्नुपर्छ भन्ने मलाई लागेको थियो। आमाको भूमिका आज काठमाडौँ जिल्ला अदालतले गरेको छ। धेरै धेरै धन्यवाद,’ मङ्गलबार अदालतबाट रिहाइ भएपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले भने।

उनले आफूलाई बयानका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमाथि किन यस्तो बोलेको भन्दै प्रश्न गरेको बताए। 

‘केपी ओलीलाई किन यस्तो भनेको? प्रचण्डलाई किन यस्तो भनेको? शेरबहादुरलाई किन यस्तो भनेको? भनेर सोधियो,’ प्रसाईंले भने। 

काठमाडौं जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं रिहा भएका हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १९:२६
Weather Update