इमेज सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर पुर्पक्षका लागि थुनामा
काठमाडौं— जिल्ला अदालत बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई ठगी प्रकरणको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
थुनछेक बहस सकिएपछि मङ्गलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो। सहकारीको वित्तिय अवस्था समेतलाई मध्यनजर गरी नेपालीलाई थुनामा राख्न आदेश दिइएको हो।
उनीसँगै पक्राउ परेका उनका दाइ ओमबहादुरलाई भने एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ।
नेपालीमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइएको छ।
भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ लगिएका नेपालीको सोमबार बयान सकेर मङ्गलबार थुनछेक बहस भएको हो।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १९:०४