कम्बोडिया लागे राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं— राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि गए राति कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नेछन् ।
उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वर्ल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्धिष्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदवि प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बाग्मती प्रदेश सभाका सदस्य अमन मास्के र सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल रहेको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० ०८:५५