News Griha :: न्यूजगृह
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रौतहट— रौतहटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ।

कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा कटहरिया नगरपालिका–९ डुमरियाका २६ वर्षका रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्।

तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:२९
विचार/ब्लग
Weather Update