News Griha :: न्यूजगृह
गाडीको ठक्करबाट धनुषामा शिशुको मृत्यु

धनुषा— गाडीको ठक्करबाट १४ महिनाकी शिशुकाे मृत्यु भएको छ ।

हंसपुर नगरपालिका–९ रूदौली बस्ने रवीन्द्र कुमार मण्डलकी १४ महिनाकी छोरीकाे मृत्यु भएकाे हाे ।

मण्डलको बा १६ च ९२६ नम्बरको गाडीको ठक्करबाट आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

खेलिरहेकी शिशुलाई गाडी ब्याक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

गाडी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २१:११
Weather Update