News Griha :: न्यूजगृह
रोल्पा जाँदै गरेको गाडी दुर्घटना, एक विद्यार्थीको मृत्यु

वैशाख— रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका–६ राँक ताप्लाका लागि हिँडेको लु१ज ४७५५ नम्बरको डबल क्याप गाडी आइतबार अप्राह्न गंगादेवको ओइलाम नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्थानीय १५ वर्षका स्कुल ड्रेसमा रहेका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डीएसपी श्यामकुमार सारू मगरले बताए ।

उनकाअनुसार दुर्घटनामा परेर ८ जना घाइते छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी प्रहरीले उपचारका लागि दाङ तुलसीपुरतर्फ पठाएको छ ।

गाडीमा ९ जना सवार रहेको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी मगरले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १९:२५
Weather Update