News Griha :: न्यूजगृह
आयुर्वेदबाट देश चिनिन सक्छ : मेयर साह

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले आयुर्वेदका लागि सरकारीस्तरबाट धेरै काम गर्न बाँकी रहेको बताउँदै आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको धारणा राखे । मेयर साहले पहिला नेपालमा विदेशी पर्यटक योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको बताए ।

‘आयुर्वेदको लागि अझै धेरै गर्न बाँकी छ । पहिला जुन स्तरमा आयुर्वेद थियो त्यो भन्दा बढ्दै जानुपर्नेमा शिथिल भएको जस्तो लाग्छ । यसलाई प्रवर्द्धन गर्दै जानुपर्छ । नेपालमा पहिला आउने पर्यटक देशको आयुर्वेदको लागि आउँथे, योगको लागि आउँथे । हाम्रो देश आफैँमा तपोभूमि हो । यसको प्रवर्द्धनको लागि आगमी दिनमा अझै धेरै काम गर्नुपर्छ । हामीले ३२ वडामा नै हेल्थ प्रमोशन सेन्टर खोल्दैछौँ । वैशाख अन्तिमसम्म ८ वटा वडामा सुरु हुन्छ । आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो,’ उनले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:५४
Weather Update