News Griha :: न्यूजगृह
संघीय संसद्को सचिवमा पाण्डे र अर्याल सिफारिस

काठमाडौं— संघीय संसद् सचिवालयको रिक्त दुई सचिव पदमा पदमप्रसाद पाण्डे र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पाण्डे र अर्यालको नाम रिक्त सचिव पदमा सिफारिस गरेका हुन् ।

प्रतिनिधि सभा सचिवमा नायव महान्यायाधीवक्ता पाण्डे र राष्ट्रिय सभा सचिवमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएपछि रिक्त उक्त पदमा पाण्डे र आचार्यको नाम सिफारिस गरिएको हो ।

अब  राष्ट्रपतिले उनीहरूको नाम स्वीकृत गरेपछि नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:३५
Weather Update