News Griha :: न्यूजगृह
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौंं— ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६  रिक्टरस्केलको भूकम्प भएको हो। 

शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको थियो।

त्यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टरस्केलको भूकम्प भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०७:१९
Weather Update