वीर अस्पतालमा कार्यरत नर्स झुण्डिएको अवस्थामा भेटिइन्

काठमाडौं— वीर अस्पतालमा कार्यरत एक नर्स मृत भेटिएकी छन् ।
चितवन घर भएकी २९ वर्षीय अनुमा श्रेष्ठ बालाजु, बोहराटारस्थित डा. सुजन ढकालको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार प्रहरी टोली घटनास्थल पुगेको छ । नर्स झुण्डिएको कोठाबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । ‘हिजो शव फेला परेको थियो। शव उठिसकेको छैन,’ एसपी रिजालले भने।
ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १३:४४