News Griha :: न्यूजगृह
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर।

चितवन— सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ। हाल पहिरो हटाउने काम भइरहेको उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:१२
Weather Update