News Griha :: न्यूजगृह
निरा आचार्य हत्या आरोपितलाई काठमाडौं ल्याइँदै

काठमाडौं— निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद बिकलाई प्रहरीले काठमाडौं ल्याउँदै छ ।

शनिबार झापाबाट पक्राउ परेका बिकलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

काठमाडाैंकाे सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको ७ वैशाखमा पसलमै धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

   

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०९:४३
Weather Update