News Griha :: न्यूजगृह
सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु

सिन्धुली— सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालका अनुसार बीपी राजमार्गको कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा कार २० मिटर खसेकाे थियो । सो दुर्घटनापछि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरीघाटका सहारा प्रसाईं रहेका छन् ।

कारमा तीन जना सवार थिए । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०९:११
Weather Update