कांग्रेस सभापति देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो

कैलाली— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शङ्कास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शङ्कास्पद झोलाभित्र माटो र माटो मुनि एउटा भाँडो भेटिएको जानकारी दिए।
आज बिहान देउवा निवास अगाडि कालो रङ्गको पुरानो झोला फेला परेको थियो। त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो।
स्थानीयले त्यो विस्फोटक पदार्थ पनि हुन सक्ने आशङ्काले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो। थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ ०८:४६













