News Griha :: न्यूजगृह
धनगढीस्थित कांग्रेस सभापति देउवा निवास अगाडि शङ्कास्पद वस्तु फेला
कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शङ्कास्पद वस्तु। 

कैलाली— धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शङ्कास्पद वस्तु फेला परेको छ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको बताए।

उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०६:३६
Weather Update