News Griha :: न्यूजगृह
एअर इन्डियाको जहाज ‘ओभरसुट’

काठमाडौं— भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एअर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा दिउँसो जहाजले ओभरसुट गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एअर इन्डियाको जहाज ‘अनस्टेवलएप्रोज’ भएकाले ओभरसुट गरिएको हो ।

‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, उनले भने ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १६:१९
Weather Update