News Griha :: न्यूजगृह
काम नगर्ने नेतालाई ढ्याङ्ग्रो ठटाएर लखेट्नुपर्छ : महावीर पुन
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन् ।

शुक्रबारबाट माइतीघर मण्डलामा अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् ।

पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गरे ।

उनले अरु हेर्ने विभाग भए पनि अनुसन्धान, आविष्कार नवप्रवर्द्धन हेर्ने विभाग गठन गरिनुपर्ने माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।  पुनले नेताहरूले बोलेर मात्रै विकास नहुने हुँदा काम गर्नुपर्ने औँल्याए ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १२:५०
Weather Update