गाईजात्रामय वसन्तपुर [तस्बिरहरू]
काठमाडौं उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ। दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन्।
काठमाडौं उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्छ। आज गाईजात्राको दिन वसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइएको छ।
बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ। साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराउने गर्दछन्।




प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १०:१५



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






