![काठमाडाैंका पार्कहरू [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/ktm park 21682747524.jpg)
धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ ।
तर काठमाडौंमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । तर व्यवस्थित हुन भने सकेको छैन । संरक्षण र व्यवस्थापनको अभावमा पार्कहरू छिन्नभिन्न छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ ।
भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । तर अधिकांश पार्कहरूको नियमित रुपमा मर्मत तथा व्यवस्थापन हुन सकेको छैन ।
तस्बिरमा हेर्नुहाेस् काठमाडाैंका पार्कहरू
तस्बिरहरू: न्यूज एजेन्सी नेपाल