News Griha :: न्यूजगृह
उपराष्ट्रपति भएपछि रामसहायले के भने ? 

काठमाडौं— नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्ने बताएका हुन् ।

उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन आफ्नो तर्फबाट प्रयास हुने बताए ।

‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्नमा मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी छ । त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकैमतका कारण यहाँसम्म आइपुगेको हो । उहाँहरूसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:००
Weather Update