राष्ट्रसंघ आवासीय संयोजक हानाले भेटिन् परराष्ट्रमन्त्री

काठमाडौं— नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर हाम्डीले परराष्ट्रमन्त्री साउदलाई भेटेकी हुन् ।
उक्त अवसरमा दुई जनाबीच नेपाल र संयुक्त राष्ट्र संघबीचको सहकार्यका विभिन्न सम्बन्धित विषयमा छलफल भएको थियो ।
नेपालको सन् २०२६ पछि कम विकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा पनि छलफल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १८:२९