चन्द्र भण्डारी स्वदेश फर्किदै, बाँकी उपचार नेपालमै हुने

काठमाडौं— भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी स्वास्थ्य लाभ गरी आइतबार स्वदेश फर्किने भएका छन्।
भण्डारी आइतबार दिउँसो २ः ५५ मा नेपाल वायुसेवा निगमको नियमित उठानबाट काठमाडौं फर्किन लागेका हुन् । मीन भण्डारीका अनुसार चन्द्र भण्डारीको बाँकी उपचार नेपाल मै हुनेछ ।
सामाजिक दूरी कायम गरेर चन्द्र भण्डारीसँग भेट्न सकिने मीनले बताए । मीन चन्द्र भण्डारीका दाइ हुन् । काठमाडौंको बुद्धनगरस्थित निवासमा गत ३ फागुनमा ‘ग्यास लिक’ भएर आगलागीबाट भण्डारी घाइते भएका हुन् । सांसद भण्डारीलाई ४ फागुनमा मुम्बई लगिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १६:५९













