News Griha :: न्यूजगृह

सरकारविरोधी आन्दोलन चर्किएपछि बंगलदेशकी प्रधानमन्त्री शेख हसिना देशै छोडेर भागेकी छन्।

उनी भारतको नयाँदिल्ली पुगेकी छन्। बंगलादेशमा १५ वर्ष निरन्तर शासन गरिरहेकी हसिनाको पछिल्ला अनुदारवादी गतिविधिका कारण असन्तुष्ट रहेका नागरिकहरूले बंगलादेशमा विशाल प्रदर्शन गरे।

आइतबार एकैदिन करिब १ सय जनाको ज्यान जानेगरी आन्दोलनले हिंसात्मक रुप लिएपछि सोमबार प्रधानमन्त्रीले देशै छोडेर भाग्नुपर्ने अवस्था आएको हो।

सोमबार नै सेना प्रमुखले अब सबै दलहरूलाई समेटेर अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका छन्। आन्दोलनकारीलाई आफ्ना कार्यक्रमहरू स्थगित गर्न अनुरोध गरेका छन्।

तस्बिरहरूः एपी/रासस  
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २०:५७
समसामयिक
Weather Update