News Griha :: न्यूजगृह
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं— आज साउन महिनाको तेस्रो सोमबार। बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ। यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ। साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो।

आजको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ। उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०८:१८
Weather Update