News Griha :: न्यूजगृह
हात्ती आतङ्क नियन्त्रण गर्न विश्वप्रकाश शर्माको माग

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतङ्क नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

महामन्त्री शर्माले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तीको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ती आतङ्कबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पीडित भट्टराई परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरे । 

उनले मेची नदीको तटबन्ध निर्माण गर्न पनि विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १४:३७
Weather Update