News Griha :: न्यूजगृह
कामतको शोकमा मधेसमा राष्ट्रिय झन्डा आधा झुकाइने 

जनकपुरधाम— शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा मधेस सरकारले आइतबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शोक मन्तव्य प्रकाशित गर्दै आइतबार राष्ट्रिय झन्डा आधा झुकाउने जनाएका हुन्।

शास्त्रीय सङ्गीतकार, गीतकार र लोकगीतका गायकसमेत रहेका गुरुदेवको निधनले एक बहुमूल्य रत्न मधेस प्रदेशले गुमाएको शोक मन्तव्यमा उल्लेख छ। 

मिर्गौला समस्याबाट पीडित कामतको बिहीबार ६९ वर्षको उमेरमा निधन भएको थियो।

काठमाडौंमा बसेर उपचार गराउन नसकेपछि उनी गएको असार २९ गते मात्रै जन्मथलो फर्किएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १०:१५
Weather Update