अरिङ्गालको टोकाइबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी— गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।
रुरुक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए।
बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो। उनको उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १७:५९













