प्यूठानमा पनि भेटियो हैजा, एकैपरिवारका ३ जनामा सङ्क्रमण
प्यूठान— प्युठानमा एकैपरिवारका ३ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ।
गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मीनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए।
उनका अनुसार गौमुखीका–८ जना व्यक्तिमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको सङ्क्रमण देखिएको हो।
हैजाको सङ्क्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यसअघि काठमाडौं, ललितपुर र कैलालीमा हैजाका बिरामी भेटिएका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १३:२२