News Griha :: न्यूजगृह
नवनिर्वाचित सांसद रवि, स्वर्णिम र उपेन्द्रले शपथग्रहण गर्दै

काठमाडौं— आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनबाट निर्वाचित तीन जना सांसदहरूले शुक्रबार बिहान साढे ११ बजे शपथग्रहण गर्दैछन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् रवि लामिछाने, डा.स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका सांसद उपेन्द्र यादवले सपथग्रहण गर्दैछन् ।

तीनै जना सांसदलाई सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ गराउँदै लोगो वितरण गर्नेछन् ।

लामिछाने चितवन–२, डा.वाग्ले तनहुँ–१ र यादव बारा–२ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०९:४३
Weather Update