यस्ता माग राखेर महावीर पुन आन्दोलनमा
काठमाडौं— राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुनले शुक्रबारबाट आन्दोलन सुरु गरेका छन् ।
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ ब्यानरसहित पुनले माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका हुन् ।
आविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेका छन् ।
२०७६ सालमा ल्याइएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि त्यसबारे सरकारले कुनै काम अघि नबढाएकाे पुनले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० ०९:२७