News Griha :: न्यूजगृह
राति धेरै भारी वर्षाको सम्भावना

काठमाडौं— हाल मौसम देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ। बागमती प्रदेशका थोरै स्थान तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति मौसम देशभर साधारणतया बदली (आकाशभरि बादल) रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  

साथै आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २१:१७
Weather Update