News Griha :: न्यूजगृह
राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत थापाले सरकारको निर्णयको विरोध गरेका हुन् ।

राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै थापाले उक्त निर्णय रोक्न माग गरेका छन् । उनले भने,‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ ।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकाले रकम बाँड्ने भन्दा पनि कानुन बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन् । ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्ने होइन । पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुङ्ग्याउन केन्द्रित होस्,’ गगनले भनेका छन् ।

gagan thapa views1682604070.JPG

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १९:४७
Weather Update