News Griha :: न्यूजगृह
काठमाडौं–तराई/मधेस द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

हेटौँडा— मकवानपुरको बकैयामा काठमाडौं–तराई/मधेस द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बुधबार दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको मृत्यु भएको र उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु बिक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

थिङको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २१:४७
Weather Update