News Griha :: न्यूजगृह
पूर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

काठमाडौं— शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पूर्वमन्त्रीसँग घुस लिएको विषय छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

पूर्वमन्त्री विरेन्द्रप्रसाद महतोले प्रतिनिधि सभाको बैठकमा आफ्नो छोराको समकक्षता प्रमाणपत्र लिँदा पाँच हजार घुस खुवाउनु परेको बताएका थिए।

शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारवाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानविन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०८:२०
Weather Update