News Griha :: न्यूजगृह
१११ कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौं— नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । सोही अवधिमा १११ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार कुल दुई ५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआरबाट एकहजार ४० र एन्टीजेनबाट एकहजार ४७७ जनामा नमुना परीक्षण गरिएको थियो । 

मन्त्रालयले कोरोना सक्रिय सङ्क्रमितको संख्या ३७८ पुगेको जनाएको छ । बिहीबार ६० जना सङ्क्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १७:२७
Weather Update