श्रीमतीले गरिन् श्रीमानको हत्या

दाङ— बङ्गलाचुली गाउँपालिका– १ स्युजामा घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन् ।
बिहीबार बिहान श्रीमती केशरा परियारले बन्चरो प्रहार गर्दा ६४ वर्षीय श्रीमान रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
केशरालाई प्रहरीले पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १३:१८