News Griha :: न्यूजगृह
विष्णुमती नदीको जलसतह खतराको तहभन्दा माथि
फाइल तस्बिर।

काठमाडौं— काठमाडौंको विष्णुमती नदीको जलसतहले खतराको तह पार गरेको छ। गोङ्गबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ।

काठमाडौंमा बिहीबार बेलुकादेखि नै वर्षा भइरहेको छ। काठमाडौंको केही स्थानमा भारी वर्षा समेत भएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:५३
Weather Update