News Griha :: न्यूजगृह
एसईईमा एनजी आएका ५ विद्यार्थीको रिटोटलिङपछि ४ जीपीए 

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योग (रिटोटलिङ)पछि चार जीपीए आएको छ।

राष्ट्रिय परीक्षा बोर्डले गत असार असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ। जसमा चार हजार २९७ जना विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिँदा पाँच जना एनजी आएका विद्यार्थीको चार जीपीए आएको हो।

पुनर्योगको ५९ विद्यार्थीको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ। बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो।

उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। प्राप्त आवेदनमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ।

एसईईको नतिजामा एनजी आएका पाँच जना विद्यार्थीले भने पुनर्योगपछि चार जीपीए ल्याएका हुन्। २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:२२
Weather Update