News Griha :: न्यूजगृह
काभ्रेमा एक युवक मृत फेला

काभ्रे — काभ्रेमा एक युवक मृत फेला परेका छन्।

बनेपा नगरपालिका वडा नम्बर–६ स्थित गोसाईस्थान टावरको सिँढीमा एक पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ।

बिहीबार बिहान ६ः३० बजेको समयमा गोसाईस्थान टावरको सिँढीमा अन्दाजी २४/२५ उमेरका नाम, थर, वतन नखुलेको एक पुरुष मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:०६
Weather Update