गुल्मीमा जीप दुर्घटना, एक जनाको मृत्यु

गुल्मी— गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डील्लीनारायण पाण्डेका अनुसार जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो ।
चालक प्रेमबहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मालिका गाउँपालिकाको दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भीमगिठेका लागि जीप हिँडेको थियो । ब्रेकफेल भएर जीप दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ०९:२८