सडेको अवस्थामा भक्तपुरको जंगलमा शव फेला

काठमाडौं— भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेवी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।
अन्दाजी ४०/४५ वर्षको पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।
उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो ।
शरीरको भाग भने सडेको अवस्थामा भुइँमा भेटिएको छ । घाँटीको भाग सडेर चुडिएपछि भुइँमा खसेको हुन सक्ने आशंका गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ०६:१२