सुनसरीबाट एकैदिन २२ जना पक्राउ

सुनसरी— सुनसरी प्रहरीले बुधबार एकैदिन २२ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार एकैदिन २२ जना फरार प्रतिवादीहरू पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
पक्राउ परेकाहरू अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरू रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।
पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरूहेको ढकालले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ०६:०६