
सिरहा— भारतीय बजारबाट तस्करीका सामान बोकेर आएको गाडी सिरहा चोहर्वास्थितको नरहामा अनियन्त्रित भएर दुर्घटना हुँदा चार जना घाइते भएका छ्न् ।
प्रहरीको अगाडिबाटै तस्करीका ओभरलोड सामानसहित नरहाको चोहर्वास्थित अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नरहा गाउँपालिका–३ खोरीयाटोल नजिक सिरहाबाट चोहर्वातर्फ आइरहेको ज १ ज २९९ नम्बर सेतो म्याजिक गाडी दुर्घटना हुँदा कर्जन्हा नगरपालिका–३ बन्दिपुरका ५१ वर्षीय शिवसती यादव, २२ वर्षीय पिन्का यादव, ६० वर्षीय भोला यादव र सिरहाको खिरौनाकी ४० वर्षीया सरितादेवी साह (गुप्ता) घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानाए ।
घाइतेमध्ये तीन जना यादव एकै परिवारको रहेका छन् । यात्रीसहित चिनी, मैदा, तेल बोकेको गाडी अनियन्त्रित भई राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँएको थियो । दुर्घटनालगत्तै चालक फरार भएका छन् ।
घाइतेमध्ये ६० वर्षीय भोला यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको लाइफ लङ हेल्थ केयरमा उपचार भइरहेको छ ।
गाडी चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । गाडीमा रहेको सामानबारे पहिचान भएको छैन ।
सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लै उपस्थिति रहे पनि तस्करले राजश्व छलेर निर्धक्क मालसामान वारपार गर्ने र दिनप्रतिदिन चोरीतस्करी फस्टाएको स्थानीयहरू बताउँछन् । न्यूजकारखाना