स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं— सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले इटहरी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय सुरेश लिम्बू र १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
उनीहरूकाे साथबाट ४ लाख ३४ हजार ७२० नेपाली रुपैयाँ र ५९ हजार ६१० भारतीय रुपैयाँ बरामद भएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बीओपी हरिपुर) ले सो रुपैयाँसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कार्बाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ०८:४७