पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेस गरिने

काठमाडौं —बौद्धबाट शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेस गरिने भएको छ।
भोलि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनी अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा शुक्रबार पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ २१:३३













