News Griha :: न्यूजगृह
पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं— काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । 

मङ्गलवार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडकपेटीको प्रहरी बिट हटाएको हो । 

महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:५६
Weather Update