News Griha :: न्यूजगृह
सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प

काठमाडौं— सिन्धुपाल्चोकमा भूकम्प गएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर शुक्रबार बिहान १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो। २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए।

भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:००
Weather Update