त्रियुगा खोलाको जलसतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
काठमाडौं — उदयपुरको त्रियुगा खोलाको जल सतहले सतर्कता तह पार गरेको छ।
त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको मौसम विज्ञान विभागले जनाएको छ।
खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसो सम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ ०६:५०